नियम १६
आदेश पर्चा खडा गर्नु पर्ने
(१) अनुसन्धान अधिकृतले राजस्व चुहावट सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेको अभियुक्तलाई अनुसन्धान तथा तहकिकातको सिलसिलामा तारेखमा छोड्ने, निजसँग धरौटी वा जमानी माग्ने वा बैङ्क जमानत माग्ने वा थुनामा राखी पुर्पक्ष गर्दा सोको आधार र कारण खुलाई आदेश पर्चा खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको आदेश पर्चाको ढाँचा अनुसूची–१२ बमोजिम हुनेछ ।